पोखरामा थप २२ लाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरामा ठेगाना खुल्न नसकेका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ३१ वर्षीय १ जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ४ का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित सो वडा अन्तरगतका ३४ वर्षीय १ जना पुरुष हुन् ।

पोखरा ६ का १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडा अन्तरगतका २३ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ७ का ४२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ८ का ६४ वर्षीय १ जना पुरुषलाई कोरोना पुष्टि भएको छ ।

पोखरा ९ का ६५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ११ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५ वर्षीय बालिका तथा ९ महिने बालकलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १२ का ४८ वर्षीय १ जना पुरुषलाई कोरोना पुष्टि भएको छ ।

पोखरा १३ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ३७ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १४ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३४, ५३, ६२ र ६३ वर्षीय पुरुष रहेका छन् ।

पोखरा १६ का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित सो वडाका ३१ वर्षीय पुरुष हुन् ।

वडा नम्बर १७ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४६ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा १९ का ३४ वर्षीय १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २१ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २६ र २८ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा २७ का २४ वर्षीय १ जना महिलालाई कोरोना पुष्टि भएको छ ।

पोखरा २८ का ३९ वर्षीय १ जना पुरुषलाई कोरोना पुष्टि भएको छ ।

पोखरामा आज दिउँसो समेत ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ३१ का ३२ वर्षीय १ जना पुरुषलाई कोरोना पुष्टि भएको छ ।

लमजुङका ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको सुन्दरबजार नगरपालिकाका ३ जना रहेका छन् । नगरपालिका अन्तरगत उनीहरु कुन स्थानका हुन् भन्ने खुलेको छैन ।

यस्तै राइनास नगरपालिकाका ३ जनालाई कोरोना पुष्टि भएको छ । नगरपालिका अन्तरगत वडा नम्बर ४ की १८ वर्षीय १ जना महिला तथा ७ का २५ र ३३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

म्याग्दीमा १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको मंगला गाउँपालिका तथा बेनी नगरपालिकाका रहेका छन् । त्यस्तै जिल्लाकै १ जना संक्रमितको भने ठेगाना खुलेको छैन ।

स्याङ्जामा थप १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको वालिङ नगरपालिकाका हुन् । नगरपालिका अन्तरगत उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

त्यस्तै तनहुँमा ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको ब्यास नगरपालिकाका हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ हजार १ सय ७२ पुगेको छ ।

कमेन्टहरु
Loading...