गन्थन डेस्क
पोखराका प्रतिष्ठित व्यापारी तथा प्रतिनिधसभा सदस्य सुर्य बहादुर केसीको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पोखरा महानगरपालिकाले आज कार्यालय बन्द गरेको छ ।
केसीको गएराती साढे ११ बजे पोखरा ७ एयरपोर्ट स्थित आफ्नै निवासमा निधन भएको हो ।
राप्रपाका पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहेका केसी गएको निर्वाचनमा नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
केसी लामो समयदेखि सुगर र प्रेसरका बिरामी थिए । केसी रारा चाउचाउ उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक समेत हुन् ।
केसी पोखरा नगर पन्चायतका पुर्व प्रधानपन्च समेत हुन् ।
आज कार्यालय बन्द गरेपछि सेवाग्राहीप्रति पुग्न गएको अप्ठ्यारोमा महानगरले क्षमा याचना गरेको छ ।