पोखरा । पोखरामा ९ जना सहित कास्कीमा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ३ की ५० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरामा ९ जनालाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २४ र ५३ वर्षीय २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा १५ का ६४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा २५ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३५ र ३९ वर्षीय २ जना महिला तथा ३८ र ५० वर्षीय २ जना पुरुष रहेका छन् ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २८ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १८ र ४० वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
यस अगाडि आज बिहान समेत पोखरामा ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यो समाचार तयार पार्दासम्म आज पोखरामा ४९ तथा अन्नपूर्ण गाउँपालिकाका १ सहित कास्कीमा ५० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गोरखामा ३२ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको आपपीपल अस्पताल, अजिरकोट, आरुघाट तथा गोरखा नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार ८ सय २८ पुगेको छ ।