गन्थन डेस्क
प्रभु बैंक लिमिटेडले सबै तप्कामा सेवा पु¥याउने उद्देश्य अनुरुप पोखराको बाटुलेचौरस्थित मातृशिशु अस्पतालमा एक्स्टेन्सन काउन्टर स्थापना गरेको छ । उक्त काउन्टरको कास्की क्षेत्र नम्बर २ का सांसद कृष्ण थापाले उद्घाटन गरे ।
उद्घााटनकाक्रममा सांसद थापाले सबै वर्गमा बैंकिङ सेवा पु¥याउने उद्देश्य अनुरुप प्रभुले गरेको कामको सह्राहना गरे । नगर क्षेत्र र सुविधासम्पन्न स्थानबाट सर्वसाधारणको क्षेत्रमा फैलदै गएको भन्दै उनले बैंकलाई थप शुभकामना दिए ।
त्यस्तै, बैंकका बगर शाखा प्रबन्ध निर्देशक हेमन्तबाबु आचार्यले काउन्टरमार्फत सर्वसाधारणले नगद कारोबार र सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी दिए । साथै, काउन्टरमा एटीएम सुविधासमेत उपलब्ध गराइएको छ । उद्घाटनका अवसरमा स्थानीय बुद्धिजीवि, समाजसेवी र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।