पोखरामा थप ४० जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नास्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा थप ४० जनालाई संक्रमण पुष्टि भएको हो ।

३६ वर्षीय १ जना महिला तथा २९ वर्षीय १ जना पुरुष गरी २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित पोखराको कुन स्थानका हुन् भन्ने खुलेको छैन ।

पोखरा महानगरपालिका वडा नम्बर १ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ महिला तथा २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित ४५ वर्षीय १ जना महिला तथा २२ र ५२ वर्षीय २ जना पुरुष रहेका छन् ।

वडा नम्बर २ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५५ र ६३ वर्षीय २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा ५ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना बालिका तथा २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित १ जना ११ वर्षीय बालिका तथा ३४ र ६७ वर्षीय २ जना पुरुष रहेका छन् ।

वडा नम्बर ६ का ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा ४ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सो वडाका ६१ वर्षीय १ जना महिला तथा १८, २६, ४० र ४२ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भक्एो छ ।

पोखरा ८ का ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४ जना महिला तथा ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सो वडाका ३२, ४८, ५५ र ६३ वर्षीय ४ जना महिला तथा ३३, ४०, ६७ र ८७ वर्षीय ४ जना पुरुष रहेका छन् ।

पोखरा ९ का ४० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ११ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २७ र ३५ वर्षीय २ जना महिला तथा १२ वर्षीय बालक, ४१ र ४८ वर्षीय पुरुष रहेका छन् ।

पोखरा १२ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ६० र ६५ वर्षीय २ जना महिला तथा ३१ वर्षीय १ जना पुरुष रहेका छन् ।

पोखरा १३ का ४२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १४ का ३४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १६ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित २८ र ४५ वर्षीय २ जना महिला तथा ५५ वर्षीय १ जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २२ वर्षीय १ जना महिला तथा ५७ वर्षीय १ जना पुरुष रहेका छन् ।

त्यस्तै पोखरा २० का ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

बाग्लुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बाग्लुङ नगरपालिका वडा नम्बर २ का ७२ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

गोरखामा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

लमजुङमा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २८ र २९ वर्षीय २ जना पुरुष हुन् । उनीहरु जिल्लाको कुन स्थानका हुन् भन्ने खुलेको छैन ।

तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

नवलपरासी पूर्वमा १ जनालाई संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा जिल्लाको गैंडाकोट नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार ७ सय ८६ पुगेको छ ।

कमेन्टहरु
Loading...