कास्कीमा थपिए ८८ कोरोना संक्रमित

पोखरा । कास्कीमा थप ८८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा ८८ जना नयाँ संक्रमित थपिएका हुन् ।

आस्था अस्पतालमा २ जना , फेवासिटिमा ८ जना , जिएमसी ५ जना मेटा्रेसिटिमा १ जना , पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ५ जना र संक्रामक तथा सरुवा रोग अस्पतालमा ५ जना संक्रमित थपिएका छन् ।

यस्तै मादी गाउँपालिकामा ५ नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कमेन्टहरु
Loading...