पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी तथा महासचिव अर्जुन पोखरेललाई कोरोाना भाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष अधिकारी तथा महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
‘आज संसार भरका मानिसहरु कोरोना महामारीबाट त्रसित भइरहेको अवस्थामा सुरक्षित रहनुपर्छ भन्दाभन्दै म आफू पनि कोरोनाबाट अछुतो रहन सकिन, हाल हामी नेपालीहरुको महान् पर्व बडादसैं मनाउने क्रममा झन् कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । आम उद्योगी, व्यापारी व्यवसायी, उपभोक्ता तथा आम सर्वसाधारणहरुमा सजक सही आफूँ पनि जोगिन र अरुलाई पनि जोगाउन हार्दिक अपील गर्दछु ।’ अध्यक्ष अधिकारीले फेसबुकमा लेखेका छन् ।
यता महासचिव पोखरेलले आफूलाई सामान्य लक्षण देखिनासाथ विगत १० दिनदेखि होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् । स्वास्थ्यमा केही समस्या भए पनि चिकित्सकको निगरानीमा रहेको उनले फेसबुकमा लेखेका छन् । उनले सबैलाई सर्तक तथा सुरक्षित रहन समेत आग्रह गरेका छन् ।