पोखरामा थप १ जनाको कोरोनाबाट निधन

पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा पोखरा १७ का ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट आज बिहान ११ बजेर ५५ मिनेट जाँदा ज्यान गएको हो । कार्तिक ११ गते कोरोना भाइरस संक्रमण भए पछि उनको उपचार केन्द्रको आइसियुमा उपचाररत रहेका थिए । प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने २५ औं व्यक्ति हुन् ।

कमेन्टहरु
Loading...