कर्मचारीलाई कोरोना पुष्टि भएपछि पोखरास्थित नेपाल टेलिकमको सेवा आजबाट ३ दिनका लागि बन्द

पोखरा । पोखरास्थित नेपाल टेलिकमका ३ जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ३ दिनका लागि सेवा बन्द हुने भएको छ । रानीपौवास्थित दुरसञ्चारका २ जना तथा महेन्द्रपुलस्थित नेपाल टेलिकमका १ जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आजबाट ३ दिनका लागि सेवा बन्द गरिएको कार्यालय  प्रमुख नरेन्द्र महर्जनले गन्थनलाई जानकारी दिएका छन् । टेलिकममा अत्यावश्वक सेवाको रुपमा रहेको मर्मतका कार्य भने बन्द नगरिने प्रमुख महर्जनले बताएका छन् ।

कमेन्टहरु
Loading...