पोखरा । कास्कीमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का उनको शनिबार राति साढे ११ बजे ज्यान गएको प्रतिष्ठानले जानकारी दिएको छ । उनलाई कार्तिक ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने उनी २४ औं व्यक्ति हुन् ।