पोखरामा ४३ जना सहित प्रदेशमा थप ४९ जनामा संक्रमण पुष्टि

 

पोखरा । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा लि पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

 

निर्देशनालयका अनुसार थपिएका संक्रमतिमध्ये ४३ जना संक्रमित पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ मा थप २ जनामा संक्रमण पुष्टि भएको छ ।

 

यता गोरखामा थप १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिका थप १ जनामा संक्रमण पुष्टि भएको छ । यता स्याङ्जा पुतलीबजार नगरपालिकामा पनि थप २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ४ सय २७ पुगेको छ ।

कमेन्टहरु
Loading...