पोखरामा थप ३२ जनामा संक्रमण पुष्टि

 

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिकामा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितमध्ये वडा नम्बर ३ कि २६ वर्षिय १ महिला , वडा नम्बर ५ का २ जना पुरुष , वडा ६ का ४ जना , वडा ७ का १ जना , वडा नम्बर १० मा १ जना , वडा नम्बर ११ मा ४ जना , वडा नम्बर १२ मा १ जना , वडा नम्बर १३ मा १ जना, वडा नम्बर १५ मा ३ जना , वडा नम्बर १६ मा १ जना , वडा नम्बर १७ मा १ जना , वडा नम्बर १९ मा १ जना, वडा नम्बर २६ मा ८ जना र वडा नम्बर ३१ मा १ जना रहेका छन् ।

निर्देशनालयले २ कोरोना संक्रमितको वडा भने खुलाएको छैन । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ७८ पुगेको छ ।

कमेन्टहरु
Loading...