होम आइसोलेसनमा बसेका वडा नं १५ का १ सहित पोखरामा २ जनाको कोरोनाबाट निधन

पोखरा । पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ का ८१ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनलाई कार्तिक १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भए पछि होम आइसोलेसनमा बसेका थिए । उनको होम आइसोलेसनमा नै आज बिहान ज्यान गएको हो ।

यता स्याङ्जाका ७० वर्षीय वृद्धको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको आज बिहान उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ बजेर ३५ मिनेट जाँदा निधन भएको हो ।

कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भए पछि उनको प्रतिष्ठानको आइसियुमा उपचार भइरहेको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७५ पुगेको छ ।

कमेन्टहरु
Loading...