- सौगात पोखरेल
पोखरामा कोरोना संक्रमणको दर दिन दुई गुना रात चार गुना बढ्दै गएको छ । पोखरामा मात्र दैनिक सय बढि संक्रमितहरुको संख्या थपिदै गएका छन् । तर पोखरामा जम्मा आइसोलेसन बेड ८० को हाराहारी मात्र रहेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र सरुवा रोग संक्रमण अस्पतालमा ८० जनाको मात्र आइसोलेसन बेड रहेको छ ।
संघिय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले भने कोरोना संक्रमितको उपचारको जिम्मा लिने घोषणा गरेको थियो । तर अहिले कोरोना संक्रमितले अस्पतालमा बेड पाउन सकेका छैनन् । निजि अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गर्ने भनिए पनि उपचार शुल्क आम जनताले धान्न सक्ने अवस्थाको छैन । पोखरामा संबेदनशिल संक्रमितको संख्या बढ्दै गर्दा बिरामीका आफन्तहरु भेन्टिलेटरका लागि अस्पताल अस्पताल डुल्नु पर्ने अबस्था सिर्जनामा भएको छ ।
यता सरकारी अस्पतालमा प्रदेश सरकारले उपचारको जिम्मा लिने भने पनि १४ दिन पुगेपछि संक्रमितहरुलाई घर फिर्ता गरिदैँ आएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताएका छन् । कोरोना संक्रमण समुदायमा प्रबेश गरेसँगै पिसिआर परिक्षण गर्ने मध्ये ६० प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ ।
पोखरा कोरोना संक्रमितको हटस्पट बन्दा पनि स्थानिय सरकार र प्रदेश सरकार भने कानमा तेल हालेर बसिरहेको अबस्था छ । तयारीको बारेमा थुप्रै हल्लाखल्ला गरे पनि नतिजा भने केहि महिनाबाट शुन्य देखिएको छ । प्रदेश सरकार र स्थानिय सरकारको पहलमा आइसोलेसन बेड बिस्तार गर्नुको सट्टा यति बेला प्रदेश सरकार र स्थानिय सरकार कोरोना संक्रमितको संख्या गर्न र मृतकबारे जानकारी दिन नै व्यस्त रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पाँच सय भन्दा बढि कोरोना संक्रमितको संख्या रहेको जिल्लामा संकटकाल घोषणा गर्नुपर्ने व्यबस्था रहे पनि सरकारले त्यो बारे केहि तयारी गरेको छैन । कोरोना संक्रमणको दर बढ्दा पनि सरकारको तयारी शुन्य हुनुले जनताहरु त्रासमा बाँच्नु परेको छ । संक्रमितहरु उपचार हुने संभाबना अत्यान्त कम छ । पोखरामा रहेका सबै आइसोलेसनहरु प्याक भएका छन् । करिब पाँच सय बढि संक्रमितहरु होम आइसोलेसनमा छन भने एक सय बढि संक्रमितहरुले होटल आइसोलेसनमा आराम गरिरहेका छन् ।
दशैँ लगत्तै स्वाब परिक्षण गर्नेहरुको भिड नै लागेको छ । निजि स्तरमा लाइफ केयरले गर्न लागेको परिक्षणमा पनि करिब दुई सय बढिले दैनिक स्वाब परिक्षण गराइरहेको डा. अंमर नागिलाले बताए । यहि अबस्थामा कोरोना संक्रमितको संख्या बढ्दै जाने हो भने पोखराको अवस्था झन जटिल बन्दै जाने कुरालाई न मुक्तिनाथले रोक्न सक्छन नत बिन्दुबासिनिले नै । यस्तो भयभह अवस्था सिर्जना हुँदा पनि प्रदेश सरकार र स्थानिय सरकार तयारीमा लाग्नुभन्दा गफमा लाग्नु भने लाजको बिषय बनेको छ ।