पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ घर भएका ७० वर्षीय पुरुषको आज बिहान ८ बजेर ३५ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको उनको प्रतिष्ठानको आइसियु कक्षमा उपचार भइरहेको थियो । प्रतिष्ठानमा कोरोनाबाट ज्यान गुमाउने उनी २२ औं व्यक्ति हुन् ।
पोखरामा थप ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डाइग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा थप ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का १० जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ जना पुरुष तथा ४ जना महिला रहेका छन् । २६, ४६, ५३, ५८ तथा ५९ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै ५० वर्षीय २ जना, ६० र ७० वर्षीय महिलालाई समेत कोरोना पुष्टि भएको छ ।
पोखरा २७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५३ वर्षीय १ जना पुरुष तथा २४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा १७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ४० र ४७ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा १६ का २ जनालाई कोरोना भाइरस संक्रमित पष्टि भएको छ । सो वडाका १ महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३० वर्षीय १ जना महिला तथा ३४ वर्षीय १ जना पुरुष रहेका छन् ।
वडा नम्बर २० का ५५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ११ का ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३ पुरुष तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित २८, ३२ र ६२ वर्षीय ३ जना महिला तगा ४२ र ५१ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा ४ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वठाका ३ पुरुष तथा १ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित ३७, ५० र ७३ वर्षीय ३ जना पुरुष तथा ५५ वर्षीय १ जना महिला रहेकी छिन् ।
पोखरा महानगरपालिका वडा नम्बर २ का २५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १४ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३ पुरुष तथा २ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित ३३, ५२ र ६२ वर्षीय ३ जना पुरुष तथा ३३ र ७७ वर्षीय २ जना महिला रहेका छन् ।
पोखरा ५ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३ महिला तथा १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित २१, ३३ र ३८ वर्षीय ३ जना महिला तथा ३७ वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५१ र ६६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ६ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित ५३ वर्षीय १ जना महिला तथा २५ र २८ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा १३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ४८ वर्षीय १ जना पुरुष तथा २० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा १ का १७ वर्षीय १ जना युवतीलाई कोरोना पुष्टि भएको छ ।
पोखरा १८ का ७१ वर्षीय १ जना वृद्धलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा २६ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २६ वर्षीय १ जना महिला तथा ७० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३८ वर्षीय १ जना पुरुष तथा ७२ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १९ का ३९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १० का ४० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमणन पुष्टि भएको छ ।
त्यस्तै पोखरामा ठेगाना खुल्न नसकेका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज बिहानको त्यांक अनुसार पोखरामा ६६ जनालाई संक्रमण पुष्टि भएको थियो ।
तनहुँमा ४ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको भिमाद नगरपालिका तथा शुक्लागण्डकी नगरपालिकाका ४ जनालाई संक्रमण पुष्टि भएको हो । भिमाद नगरपालिका वडा नम्बर ७ का १ जनालाई संक्रमण पुष्टि भएको छ ।
सो वडाका ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै जिल्लाकै शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २७, ६५ र ७१ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
स्याङ्जामा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको पुतलीबजार नगरपालिकाका ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । उनी नगरपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
पवर्तमा ६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित सबै जिल्लाको कुश्मा नगरपालिकाका हुन् ।
यता लम्जुङको मस्र्याङ्दी ३ का ५८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार २ सय २८ पुगेको छ ।