पोखरा । पोखरामा विहिबार मात्रै तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पछिल्लो विज्ञप्ती अनुसार गलकोट नगरपालिका वडा नं ३ बस्ने ७२ वर्षिय पुरुषको उपचारका क्रममा साँझ ५ : ०५ बजे मृत्यु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उचार केन्द्रमा आइसियुमा उपचाररत उनी कात्तिक ८ गते अस्पताल भर्ना भएका थिए ।
प्रतिष्ठानमा मृत्यु हुने उनी २१ औं संक्रमित हुन् ।
बिहिवार नै पोखरा १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उचार केन्द्रमा बुधबार राति ११ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यस्तै पर्वतको कुश्मा नगरपालिका ६ का ५५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट पोखराको चरक मेमोरियल अस्पतालको आइसियुमा उपचारका क्रममा आज बिहान ६ बजेर १५ मिनेट जाँदा मृत्यु भएको थियो ।