बारा । बारामा तस्कर तथा प्रहरीबीच झडप हुँदा १ बालक सहित ३ प्रहरी गरेर ४ जना घाइते भएका छन् । जिल्लाको सुवर्णपुर गाउँपालिका कवहीगोठमा तस्कर तथा प्रहरीबीच झडप भएको हो ।
प्रहरीका अनुसार तस्करहरुले भारतबाट प्याज तस्करी गरेर ल्याएका थिए । झडपका क्रममा १४ वर्षीय स्थानीय बालक रञ्जन यादव गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार १२ राउण्ड हवाई फायर गरिएको छ ।
आत्मरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्नुपरेको प्रहरीले बताएको छ ।
स्थानीयले भारतबाट मोटरसाइकलमा गए राति प्याज ल्याएका थिए । प्याज लिएर आउनेहरुलाई प्रहरीले सीमा क्षेत्रबाट नियन्त्रणमा लिँदा झडप भएको थियो ।
तस्करलाई नियन्त्रणमा लिने क्रममा स्थानीयले प्रहरीलाई अवरोध गर्न खोजेपछि झढप भएको हो । स्थानीय सहितको टोलीले प्रहरीलाई आक्रमण गर्नुका साथै गाडीमा तोडफोड समेत गरेका छन् ।