पोखरा । पोखरा महानगरपालिकाका स्वास्थ्य अधिकृत हरिलाल आचार्य दम्पतिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सावधानी अपनाउँदा अपनाउँदै पनि आफू सहित पत्नीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले आफ्नो फेसबुकमार्फत् जानकारी गराएका हुन् । उनले आफूहरुलाई सामान्य लक्षण समेत देखिएको फेसबुकमा लेखेका छन् ।
‘विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ विरुद्ध विगत ८ महिनादेखि संघर्षपूर्ण मोर्चामा सावधानी र सचेतनाका साथख सहभागी हुँदा हुँदै पनि अनपेक्षित तर पछिल्लो समयमा अनिवार्य जस्तै बनेको कोभिड १९ को संक्रमणबाट हामी पनि अछुत रहन सकेनौं । हामीलाई सामान्य चिन्ह लक्षण सहितको संक्रमण भएको छ ।’ उनले फेसबुकमा लेखेका छन् ।