पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उचार केन्द्रमा बुधबार राति ११ बजेको समयमा उपचारका क्रममा ज्यान गएको हो । उनको आइसियुमा उपचार भइरहेको थियो । उनलाई कार्तिक ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने २० औं व्यक्ति हुन् ।
