चराएर फर्कने बेला भैंसीले हान्दा मृत्यु

दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।

चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।

कमेन्टहरु
Loading...