विहिबारदेखी पोखरा महानगरका सबै सेवा सुचारु

पोखरा । पोखरा महानगरपालिकाले भोलीदेखी सबै सेवाहरु सुचारु गर्ने भएको छ ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोज २९ गते देखी महानगरले सेवा प्रवाह बन्द गराएको थियो ।

कात्तिक १२ गते बसेको पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले कात्तिक १३ गते बिहिवारदेखी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सबै सेवाहरु सुचारु गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत महेश बरालले जानकारी दिए ।

कमेन्टहरु
Loading...