बुटवल । बुटवलमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का ७५ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणबाट बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान पौने ८ बजे ज्यान गएको हो । कार्तिक ५ गते कोरोना संक्रमण पुष्टि भए पछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । अस्पताल स्रोतका अनुसार उनी फोक्सोको रोगबाट पीडित थिए ।
