५० वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा कोरोनाका कारण थप एक जनाको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृतका अनुसार कोरोनाबाट ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिए छ ।

 

स्वास्थ्यमा समस्या आएपछि अशोज २५ गते स्वाव परीक्षण गरिएका उनलाई २६ गते कोरोना पुष्टि भएको थियो। ५० वर्षीय पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

 

यसैबिच, शनिबार बाँकेमा ४२ जना डिस्चार्ज भएका छन् । कोरोना पुष्टि भएपछि विभिन्न आइसोलेशन सेन्टरमा बसेका उनीहरु शनिबार डिस्चार्ज भएको हुन् ।

कमेन्टहरु
Loading...