पोखरा । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल चितवनमा गरेको परिक्षण्मा गण्डकी प्रदेशका २ जिल्लामा गरि ३ संक्रमित थपिएका हुन् ।
थपिएका संक्रमित मध्ये १ जना तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिकाका ३५ वर्षिय पुरुष रहेका छन् । त्यस्तै नवलपरासीमा पनि थप २ जनामा संक्रमण पुष्टि भएको छ । गैँडाकोट वडा नम्बर ९ का २७ वर्षिय पुरुष र कावासोती वडा नम्बर १० का २६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ९ पुगेको छ ।