गण्डकीमा थप १२ जनामा संक्रमण पुष्टि , उपचारका लागि अस्पताल ल्याउने क्रममा थप एक संक्रमितको मृत्यु

 

 

पोखरा । गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशका ३ जिल्ला गरि १२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

थपिएका संक्रमित मध्ये ४ जना कास्की जिल्लाका रहेका छन् । जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १ मा ४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै लमजुङको दोर्दीमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ ।

 

यस्तै तनहुँ जिल्लामा पनि थप २ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय २३ पुगेको छ ।

होम आइसोलशनमा बसेका संक्रमितको मृत्यु

यता प्रदेशमा कोरोना कारण थप एक जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नम्बर १२ का ६७ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

 

स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचारका लागि ल्याउदै गर्दा बाटोमै बिहान १० बजे उनको दुखद निधन भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

कमेन्टहरु
Loading...