पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ मा रहेको इष्टमित्र हातेमालो कोषको आयोजनामा बुधबार वडा दसैं, तिहार र छठ पर्व २०७७ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
विगत ५ वर्षदेखि सञ्चालनमा रहेको कोषमा हाल ४५ जना सदस्य रहेको कार्यक्रममा उपस्थित कोषका सदस्यहरुले कोषको रकमलाई कृषि उत्पादनमा लगाउँदै भविष्यमा वित्तिय संस्था वनाउनु पर्नेमा जोड दिएका छन् । कोषका अध्यक्ष गोविन्द प्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा दिननाथ चाँपागाँई (संकल्प) ले संचालन गरेका थिए ।