राष्ट्रपति भण्डारीद्वारा रानीपाखरीको उद्घाटन

काठमाडौं । २०७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त भएको काठमाडौंको रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी छिन् । भुकम्पपछि पुनःनिमार्ण गरिएको रानीपोखरीको राष्ट्रपति भण्डारीले नेपाल तथा भारतका विभिन्न तीर्थस्थलहरुबाट ल्याइएको जल रानीपोखरीमा चढाएर आज उद्घाटन गरेकी हुन् ।

पुनःनिर्माणका लागि भुकम्प गएको वर्ष माघ २ गते शिलान्यास गरिएको थियो । पुनःनिर्माण पछि रानीपोखरी तथा त्यहाँभित्र रहेको बालगोपालेश्वरको मन्दिर पहिले कै स्वरुपमा फर्किएको छ ।

उद्घाटन पश्चात कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले रानीपोखरी जस्तै भुकम्पले क्षतिग्रस्त भएका अन्य संरचनाहरुको पनि पुनःनिर्माण छिट्टै हुने विश्वास व्यक्त गरेकी छिन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहित, अन्य मन्त्री तथा विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...