दाङ । दाङमा होम आइसोलेसनमै बसेका एक व्यक्तिको मृत्यु भएको छ । देउखुरीको लमही नगरपालिका–५ लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।
जन्डिसको समस्या देखिएपछि उपचारका लागि काठमाडौँ गएका उनमा दाङ फर्किने बेला परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो । घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसलगत्तै उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोली मृतकको घर जाने तयारीमा रहेका छन् ।
सरकारले हालै कोरोना भाइरस सम्बन्धी कार्यविधि संशोधन गरी होम आइसोलेशनमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन स्थानीय तहसँगको सहकार्यमा आफन्तले नै गर्नु पर्ने व्यवस्था गरेको छ।