अर्थ विकास समिति सभापति कोईरालालाई कोरोना संक्रमण

पोखरा ।  प्रदेश सांसद तथा अर्थ बिकास समितिका सभापति दिपक कोईरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोईरालालाई कोरोना संक्रमण भएको सांसद कोईराला आफैले गन्थन न्यूजलाई जानकारी दिएका हुन् ।

यसअघि प्रदेश सभाका अर्का एकजना सांसदलाई समेत कोरोना संक्रमण देखिएको थियो । सांसद कोईराला हाल आफ्नै निवासमा रहेको र होटल आईसोलेसन जाने तयारी गरीरहेको उनी आफैले जानकारी दिए । सांसद कोईराला कास्की निर्वाचन क्षेत्र १ अन्तर्गत ‘क’ बाट निर्वाचित भएका थिए ।

कोइरालासंगै उनका ड्राइभर मिन श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

कमेन्टहरु
Loading...