पोखरामा कोरोना संक्रमणको सेन्चुरी, आजै १ सय ५ जनालाई संक्रमण

पोखरा । पोखरामा आज थप ७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप ७१ जनालाई संक्रमण पुष्टि भएको हो ।

चरक मेमोरियल अस्पतालका ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ५ जनाको नै सोही अस्पतालबाट नमुना संकलन भएको हो ।

पोखरा २ का ३९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ का ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६ महिला तथा १ जना पुरुष रहेका छन् ।

पोखरा ६ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ महिला तथा १ पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ७ का ९ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमित सबै पुरुष हुन् ।

८ नम्बर वडाका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका २ महिला तथा २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ९ मा एकैपटक २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमित १८ जना पुरुष तथा ३ जना महिला हुन् ।

वडा नम्बर १० का ६ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५ पुरुष तथा १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १४ का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर १७ का ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३ पुरुष तथा २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा १९ का १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा २० का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा २९ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ३० तथा ३३ का १/१ जना पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

आज बिहान समेत पोखरामा ३४ जनालाई संक्रमण पुष्टि भएको थियो ।

यससंगै आज पोखरामा १ सय ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कमेन्टहरु
Loading...