टोलटोलमा उज्यालो बाढ्दै डेभिज फल क्लब

पोखरा । डेभिज् फल क्लबले दसैंको उपलक्ष्यमा टोलछिमेक उज्यालो बनाउने कार्यक्रम गरेको छ ।

क्लबले सामाजिक सेवाको उत्तरदायित्व बोध गर्दै विजयादशमी तथा दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै आफ्नो आफ्नो कार्यक्षेत्र भित्र पर्ने प्रत्येक टोल विकास संस्थालाई बिजुली बल्ब र पोल मर्मतका लागि रकम हस्तान्तरण गरेको छ ।

क्लबले करिब १५ टोललाई ३ हजारको दरले रकम हस्तान्तरण गरेको हो । चाडपर्वमा हुने चोरीडकैतीलाई मध्यनजर गर्दै रकम हस्तान्तरण गरेको क्लबका अध्यक्ष पुष्प बरालले बताए ।

‘यस वर्ष कोरोनाले दसैं पहिले जस्तो नहोला, तर टोलछिमेक उज्यालो भए चाडपर्व आए जस्तो रमाइलो हुन्छ ।’ उनले भने ‘साथै चाडबाडमा अपराधिक घटना बढी हुन्छ । त्यसैले टोल उज्यालो भए केही हदसम्म त्यस्ता गतिविधिबारे पहिले सर्तक भइन्छ ।’

कमेन्टहरु
Loading...