दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न माग गर्दै प्रधानमन्त्रीलाई सासंद अधिकारीको पत्र

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी सह इन्चार्ज तथा कास्की क्षेत्र नं १ सासंद खगराज अधिकारीले यस वर्षको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न निर्देशन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा अनुरोध पत्र दर्ता गराएका छन् ।

अधिकारीले कोभिड १९ कारण देश विषम् परिस्थिबाट गुज्रीरहेको भन्दै नियम अनुसार प्राप्त आफ्नो भत्ता कोरोना कोषमा जम्मा गराइदिन संसदीय दललाई समेत आग्रह गरेका छन् ।

उनले नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय सासंदहरुको भत्ता कोरोना कोषमा जम्मा गर्ने प्रबन्ध तथा निर्देशन गर्न आग्रह गरेका हुन् ।

‘देश विषम् परिस्थितिमा गुज्रिरहेको अवस्थामा भत्ता फिर्ता गर्ने, नलिने भन्दा पनि एकमुष्ठ रकम कोरोना कोषमा जम्मा गर्ने प्रबन्ध गर्नका लागि आग्रह गरेको छु ।’ अधिकारीले भने ।

कमेन्टहरु
Loading...