पोखरा । गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीमा थप २४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै बागलुङमा पनि ३ जना संक्रमित थपिएका छन् ।
चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका नवलपरासी , तनहुँ र गोरखा जिल्लामा पनि संक्रिमत थपिएका छन् ।
नवलपरासीमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लमजुङमा पनि १ जना संक्रमित थपिएका छन् । यता तनहुँमा पनि थप १० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गोरखा जिल्लामा पनि थप १ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ८६ पुगेको छ ।