पोखरा । सीमा क्षेत्रमा गस्तीमा निस्किएको समयमा कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका असईको तस्करहरुले हत्या गरेका छन् भने १ जना प्रहरी जवान सम्पर्कविहीन भएका छन् ।
मोटरसाइकलमा गस्तीका लागि गएका उनीहरुमध्ये १ जनाको शव मोहना नदीमा भेटिएको छ । असई गोविन्द विकको शव भेटिएको हो । त्यस्तै प्रहरी हवल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको बताइएको छ ।
विकको तस्करको समूहहरुले हत्या गरेर शव नदीमा फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गस्तीका लागि मोटरसाइकलमा निस्किएका दुवै जना सम्पर्कविहीन भए पछि अन्य प्रहरीको टोली खोजीका लागि जाँदा १ जनालाई मृत अवस्थामा भेटेका थिए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।