पोखरा । नेपाल स्काउटको आयोजनमा पोखरामा कोभिड- १९ सम्बन्धि सचेतना अभियान शनिवारबाट सुरु भएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय र युनिसेफको समन्वयमा एकहप्तासम्म चल्ने अभियानमा स्काउट सदस्यहरुले कोभिडबाट बच्नका लागि के के गर्न सकिन्छ भन्ने बारे सचेतना जगाउने छन् ।
अभियानको सुरुवातको दिन पोखरा पृथ्वीचोक क्षेत्रमा पसल तथा वाटोमा हिड्ने व्यक्तिहरुलाई कोभिडबाट परेको प्रभाव र यसबाट बच्ने मात्रै नभइ लागिहालेमा के-के गर्न सकिन्छ भन्ने बारे प्रचा तथा सचेतना सामग्री वितरण गरिएको थियो ।
उक्त अभियानमा स्काउटबाट तालिम प्राप्त युवाहरु सहभागी छन् ।