बुटवल । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ । शुक्रबार उनलाई सामान्य रुघा लागेपछि परिक्षण् गरेका थिए । उनमा स्वाब परिक्षण बाट कोरोना पुष्टि भएको हो ।
आफुलाई संक्रमण पुष्टि भएपछि चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तकता अपनाउन अनुरोध गरेका छन्। चौधरीसँगै उनकी श्रीमती द्रौपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले बताए।
संक्रमित पाँच मध्ये मन्त्री चौधरीलाई रुघा लागेको छ भने अन्य ४ जनालाई कुनै लक्षण देखिएको छैन । गत असोज २० गते सम्पन्न भएको प्रदेशसभा बैठकमा सहभागी भएका मन्त्री, सभामुख, उपसभामुख तथा प्रदेशसभा सदस्यहरूलाई कोरोना संक्रमण पुष्टि हुने क्रम थपिदै गएको छ।
यसअघि सभामुख पुर्ण बहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी, साम्सदहरु डिल्ली चौधरी, दधिराम न्यौपाने, शंकर गिरि लगायत सचिवालयका ३५ जना बढि कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी कोरोना संक्रमीत भईसकेका छन्।