गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ हजार ३०४

पोखरा । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरेको परिक्षणमा म्याग्दी जिल्लाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

बेनी नगरपालिकाको २ पुरुष , मंगलाका १ जना महिला र रघुगंगा वडा नम्बर ५ का १ पुरुष गरि थप ५ जनामा संक्रमण पुष्टि भएको थियो । म्याग्दी जिल्ला, बेनी नगरपालिकाका २४ वर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत छन् ।

बेनी नगरपालिकाका ४९ बर्षीय पुरुष स्थायी ठेगाना जलजला ३, र रघुगंगा वडा ५ का ४३ बर्षीय पुरुष गरि २ जना कोरोना संक्रमणको लक्षण सहित बेनी अस्पतालमा उपचारको लागि आएका थिए ।

मंगला वडा नम्बर १ का २८ वर्षीय महिला क्वारेन्टाइनमा बसेकी थिइन् । सबै संक्रमितहरुलाई आईसोलेसन व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

त्यस्तै स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिउँसो २: ४५ बजे दिएको अध्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकामा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तनहुँमा पनि १ जना २४ वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ४ पुगेको छ ।

कमेन्टहरु
Loading...