विन्ध्यवासिनी मा.वि.मा शोकसभाको आयोजना

पोखरा । पूर्व वडाध्यक्ष उदयबहादुर बस्नेतको स्मृतिमा विन्ध्यवासिनी मा.वि. बाटुलेचौरले सोमबार शोकसभा गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका बस्नेतको आइतबार बिहान ६८ वर्षको उमेरमा निधन भएको थियो । शोकसभामा बोल्दै विद्यालय व्यवस्थापन समितिका सदस्य गुरुदत्त भट्टराईले स्व.बस्नेतले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा पु¥याएको योगदानको स्मरण गर्दै उनको योगदानलाई विद्यालयले सदैव सम्मान गरिरहने बताए ।

विद्यालयका प्राचार्य कृष्णप्रसाद आचार्य, लेखापाल जीवनारायण श्रेष्ठ जीवनले स्वर्गीय बस्नेत बहुआयामिक व्यक्तित्व रहेको बताउँदै उनले आफ्नो जीवन शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, राजनीति र सामाजिक क्षेत्रमा लगाएको बताउँदै विद्यालयले असल, विकासप्रेमी व्यक्ति गुमाएकोमा दुःख व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक सघंका सदस्य, विद्यालयका शिक्षक, कर्मचारी लगायतले स्वर्गीय बस्नेतको तस्बिरमा माल्यापर्ण सहित पुष्प अर्पण गरेका थिए ।

स्वर्गीय बस्नेत २०६१ सालदेखि २०६३ सालसम्म विद्यालयको अध्यक्ष बनेका थिए । उनकै कार्यकालमा विद्यालयमा भवन निर्माण शैक्षिक स्तरोन्नती लगायतका महत्वपूर्ण कार्य भएका थिए । हाल उहाँ विद्यालयको सल्लाहकार थिए ।

कमेन्टहरु
Loading...