पाल्पा–बुटवल सडकखण्ड अन्तरगत सिद्धार्थ राजमार्ग बिहीबारसम्म ३ घण्टा बन्द हुने

पोखरा । सिद्धार्थ राजमार्ग आजबाट दैनिक ३ घण्टा बन्द हुने भएको छ । यही बिहीबारसम्म वर्षातको समयमा विभिन्न स्थानमा झरेका पहिरो हटाउनका लागि यही बिहीबारसम्म हरेक दिन ३ घण्टा राजमार्ग बन्द हुने भएको हो । बिहान ६ बजेबाट ९ बजेसम्म बुटलवको चिडियाखोलादेखि बर्तुङसम्म बन्द हुने छ । यो वर्षको वर्षाले उक्त सडक खण्डमा करिब ३० भन्दा बढी स्थानमा पहिरो खसेको छ ।

कमेन्टहरु
Loading...