पोखरा । यसवर्ष नेपाल राष्ट्र बैंकले दशैका लागी नयाँ नोट नसाट्ने भएको छ ।
कोरोना संक्रमण बढेको भन्दै राष्ट्रबैंकले आइतबार सूचना जारी गरि नयाँ नोट सटही नगरिने जानकारी गराएको छ ।
बैकले नयाँ नोट साट्ने क्रममा बैंकमा भिडभाड हुने र कोरोना संक्रमण फैलन सक्ने प्रति सचेत रहंदै सो निर्णय गरेको जनाएको छ ।
‘आम नेपाली नागरिकको स्वास्थय संवेदनशिलतालाई ध्यानमा राख्दै यसवैंकका कुनै पनि कार्यलयबाट यसवर्षको वडादशैंको प्रायोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, बैंकद्धारा जारी सूचनामा भनिएको छ ।