पोखरामा कोरोना संक्रमणको संख्या उकालो लाग्दै, आजै ७१ लाई संक्रमण पुष्टि

पोखरा । पोखरा महानगरपालिकामा २० सहित गण्डकी प्रदेशमा थप ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका २० सहित ४४ जनालाई संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत ७ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४, २९, ३६, ४६, ४७, ५० र ५२ वर्षीय पुरुष हुन् ।

त्यस्तै पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत ३ जनालाई संक्रमण पुष्टि भएको छ । उक्त हस्पिटलमा उपचाररत ४१ र ८८ वर्षीय पुरुष तथा २६ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

चरक मेमोरियल अस्पतालमा उपचाररत २ जनालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित ७० वर्षीय महिला तथा ३१ वर्षीय पुरुष हुन् ।

त्यस्तै पोखरा ५ का ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पत्रकार हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर ७ की २५ वर्षीय महिला, ८ का ५६ वर्षीय पुरुष तथा वडा नम्बर १० की २८ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा १७ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३८ वर्षीय १ जना महिला तथा २४ र २५ वर्षीय २ जना पुरुष हुन् । यस्तै पोखरा २४ का ३८ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

आज बिहान पनि पोखरामा ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

लमजुङमा १६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको सुन्दरबजार नगरपालिकाका हुन् । जिल्लामा १९ महिनाका बालकलाई समेत संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य संक्रमितहरुमा ७ जना पुरुष तथा ८ जना महिला रहेका छन् । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

नवलपरासी (ब.सु.पू) का ५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित विनयत्रिवेणी २ का २ जना महिला तथा २ जना पुरुष सहित वडा नम्बर ४ का ३८ वर्षीय १ जना पुरुष हुन् ।

तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर ४ का २० र ४३ वर्षीय पुरुष हुन् ।

यता स्याङ्जाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको कालिगण्डकी गाउँपालिकाका ३३ वर्षीय पुरुष हुन् । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ८ सय ४५ पुगेको छ ।

कमेन्टहरु
Loading...