पोखरा । हुलाक सेवा निर्देशनालय पोखराले प्रथम सेवाग्राहीलाई कार्यालय परिसरमा स्वागत गरेको छ । १ सय ३४ औं विश्व हुलाक दिवस तथा ५१ औं नेपाल हुलाक दिवसको अवसरमा मिलन दुलाललाई निर्देशनालयका प्रमुख किर्तनराज पौडेलले स्वागत गरेका हुन् ।
दुलाल सेवाग्राहीको रुपमा हुलाक टिकट खरिद गर्न ठीक १० बजे कार्यालय परिसरमा प्रवेश गरेका थिए । सोही अवसरमा उनलाई पहिलो सेवाग्राहीको रुपमा सम्मान गरिएको प्रमुख पौडेलले जानकारी दिएका छन् ।
यसैगरि कार्यालयले सोही अवसर पारेर कार्यालय सरसफाई तथा वृक्षारोपण गरेको छ । कोभिडका कारण अन्य कार्यक्रम गर्न नपाएको बताउदै प्रमुख पौडेलले हुलाक परिसरलाई फूलबारीको रुपमा विकास गर्न धुपी लगायतका १ सय वटा बिरुवा रोपिएको बताए ।
परिसरभित्र सम्पुर्ण कर्माचारीको सहयोगमा सरसरफाइ पनि गरिएको पौडेलले जानकारी दिएका छन् ।