पोखरा । कोरोना भाइरसको संक्रमणबाट धनुषा, झापा र सप्तरीमा ३ जनाको ज्यान गएको छ । धनुषाको सहीदनगर नगरपालिका १ का ७० वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।
उनको उपचारका क्रममा बिहीबार राति ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या देखिए पछि उनी असोज २० गते जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
यता झापामा समेत कोरोना संक्रमणबाट १ जनाको ज्यान गएको छ । जिल्लाको दमक नगरपालिका वडा नम्बर ९ का ५२ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार साँझ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो ।
उनी स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रतिष्ठान पुगेका थिए । असोज १८ गते अस्पताल पुगेका उनको उपचारका लागि अस्पताल भर्ना भए पश्चात गरिएको स्वाब परीक्षणका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै सप्तरीमा पनि कोरोना भाइरस संक्रमणबाट ६७ वर्षीय १ जना वृद्धले ज्यान गुमाएका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ घर भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।
उनलाई केही दिन अगाडिबाट कोरोना भाइरससंग मिल्दो लक्षण देखिएपछि उपचारका लागि गजेन्द्रनारायण हिंस अस्पताल राजविराज भर्ना भएका थिए । उपचार कै क्रममा स्वाब परीक्षण गर्दा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।