सुनको मुल्यमा गिरावट हुने क्रम जारी

पोखरा । सुनको मुल्य आज तोलामा २ सय रुपैयाँले घटेको छ । तोलामा २ सय रुपैयाँले घटेर आज सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार पनि सुनको मुल्य ८ सय रुपैयाँ घटेर ९४ हजार १ सय भएको थियो । आज चाँदीको मुल्य भने बढेको छ । तोलामा ५ रुपैयाँ बढेर चाँदी तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...