मणिपाल हस्पिटलमा उपचाररत १ सहित पोखरामा थप १२ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा १२ सहित गण्डकी प्रदेशमा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका १२ सहित थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरामा ६२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । संक्रमित पुरुषको पोखराका मणिपाल हस्पिटलमा उपचार भइरहेको छ ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ६ का ७ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २ पुरुष तथा ५ जना महिला रहेका छन् । सो वडामा ३९ र ४३ पुरुषलाई संक्रमण भएको छ । त्यस्तै ४ वर्षीय बालिका सहित १९, १९, २९ र ६४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वडा नम्बर ८ का २ महिला सहित १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४१ वर्षीय परुष सहित २८ र ५९ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो । ४१ वर्षीय पुरुष भारतबाट आएका हुन् । त्यस्तै वडा नम्बर ३३ का ३६ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ । उनी समेत भारतबाट आएका हुन् ।

आज बिहान समेत पोखरामा १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

तहनुँमा थप ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ब्यास नगरपालिका वडा नम्बर ३ का २७ वर्षीय पुरुष हुन् । उनी जिल्ला अस्पताल दमौलीमा कार्यरत चिकित्सक हुन् । त्यस्तै भिमाद नगरपालिका वडा नम्बर ६ का २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । दुवै जना ५२ वर्षीय तथा स्थानीय विद्यालयका शिक्षक हुन् ।

स्याङ्जाका ९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको आँधीखोला गाउँपालिका तथा पुतलीबजार नगरपालिकाका हुन् । संक्रमितमध्ये १ जना आँधीखोला तथा अन्य ८ जना पुतलीबजार नगरपालिकाका हुन् । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

गोरखाका २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको अजिरकोट ५ का २६ वर्षीय पुरुष तथा गण्डकी ७ का २२ वर्षीय महिला रहेकी छिन् । अजिरकोटका संक्रमित धनुषाबाट गोरखा पुगेका थिए । अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ४ सय १ पुगेको छ ।

कमेन्टहरु
Loading...