एक दिन खुलेर फेरि बन्द भयो चीन जोड्ने तातोपानी नाका

गन्थन डेस्क

तीन महिनापछि खुलेको तातोपानी नाका पुन बन्द भएको छ । आइतबार एक दिन खुलेर तातोपानी नाका पुन बन्द भएको हो ।

भन्सार सामग्री लोड–अनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले चीनले एकतर्फी रूपमा आयात बन्द गरेको हो ।

नेपालमा परीक्षण गर्दा तीनैजना मजदुरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकोले आयात बन्द गरिएको बताइएको छ ।

१३ असोजमा नेपाल र चीनका अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा कोरोना भाइरस नियन्त्रण गर्ने शर्तमा नाका खुलाउने सहमति भएको थियो ।

कोरोना संक्रमण फैलन सक्ने भएकोले दुवैतर्फबाट सजगता अपनाउने विषयमा छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दसैँअघि काठमाडौं पु¥याउने योजना अनुसार दुवै देशको सहमतिमा नाका खुलेको थियो ।

नजिकिंदो दशैँ प्रभावित नहोस् भनेर चिनियाँ अधिकारीहरुसँग आयातको नयाँ मोडालिटी बारे छलफल जारी रहेको सिडिओ ढकालले बताए ।

नाकाबाट हालसम्म १२ कन्टेनर सामान नेपाल भित्रिएका छन् ।

कमेन्टहरु
Loading...