चितवन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाका लागि ल्याईएका भरतपुर महानगरपालिका वडा नं–३ का ७० वर्षीय पुरुषको (सोमबार) साझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
उपचारका लागि कोभिड आइसीयूमा आइपुग्दा ती पुरुष मृत अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
ती पुरुष चार दिन अघि कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बस्दै आइरहेका थिए ।