डाक्टर केसीको समर्थनमा आज पोखरामा प्रर्दशन

 

 

पोखरा । आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको मागलाई समर्थन गर्दै पोखरामा जागौँ पोखराले ध्वनी सहितको वृहत र्‍याली निकालेका छन् । डाक्टर केसीले राखेका माग चाँडो भन्दा चाँडो सम्वोधन गर्न सरकार तयार हुनुपर्ने भन्दै पोखराका विभिन्न संघसंस्थाका प्रतिनिधी सहभागि रहेको उक्त र्‍याली सभागृहचोक , न्यूरोड, विपीचोक हुँहै मानवअधिकारचोकमा आएर कोण सभामा परीणत भएको थियो ।

 

 

कार्यक्रममा सहभागि अभियानकर्ता कृष्ण बरालले डाक्टर केसीको माग जायज भएको भन्दै सरकारले छिटो भन्दा छिटो उनको माग सम्बोधन गर्नुपर्ने बताए । उनले ‘ सरकारले केसीको माग सम्बोधन नगर्दा सम्म आफुहरु यसरी प्रदर्शन जारी राख्ने पनि जानकारी दिए ।

कार्यक्रममा विश्व हिन्दु महासंघ, हिन्दु परिषद नेपाल, सार्वजनिक बौद्धिक मञ्च नेपाल, समाजवादी विद्यार्थी युनियन, विवेकशील नेपाली दल, साझा पार्टी, नेपाली कांग्रेस बि।पि, नेपाली कांग्रेस, राष्ट्रिय लोक दोहिरी प्रतिष्ठान नेपाल, लियो क्लब, नेपाल विद्यार्थी संघ, प्रा।डा। सुर्यमणि प्रतिष्ठान जरो टिपो साहित्यक प्रतिष्ठान, लक्ष्मी नारायण मन्दिर समिती, मातृभुमीको लागि नेपाली, नेपाल सनातन राष्ट्रिय पार्टी, आदि सस्थाको सहभागी रहेको थियो ।

 

स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै डाक्टर केसि १९ औँ सत्याग्रहको २२ औँ दिनमा  छन् । तर, सरकारले उनीसँग वार्ता गर्नका लागि कुनै पहल गरेको छैन।  स्वास्थ्य अवस्था जटिल हुँदै गइरहे पनि केसीसँग संवाद नगरेको भन्दै यसअघि मानवअधिकार आयोगले सरकारलाई ध्यानाकर्षण गराएको थियो। केसीको अनसन लम्बिँदै जाँदा उनको समर्थनमा प्रदर्शन पनि तीव्र भइरहेको छ।

 

उनको सत्याग्रहको समर्थनमा पोखरा सहित देशका विभिन्न स्थानमा ¥याली निकालिएको छ ।

 

कमेन्टहरु
Loading...