लमजुङमा बस दुर्घटना हुँदा १ को ज्यान गयो, ४ घाइते

लमजुङ । लमजुङको उदीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । बेसीसहरबाट खत्रीठाँटी जाँदै गरेको ग १ ख ६५०१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको हो भने ४ जना घाइते भएका छन् ।

शनिबार राति पौने ८ बजे बेसीसहर नगरपालिका– १ डुडखोलामा बस दुर्घटना भएको हो । लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार दुर्घटनामा परी बेसीसहर नगरपालिका १ धिमिरेका अन्दाजी २६ वर्षका अर्जुन परियारको ज्यान गएको हो । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते बेसीसहर नगरपालिका– ४ पुरानकोटका मनोज गुरुङ र राइनास ८ का सुदीप नेपालीलाई थप उपचारका लागि चितवन लगिएको डिएसपी थापाले बताए ।

दुर्घटनामा सामान्य घाइते भएका बेसीसहर नगरपालिका ४ पुरानकोटका दीपेन्द्र गुरुङ र प्रकाश बुढाथोकी लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...