पोखरा । आज बिहान पोखराको पृथ्वीचोकमा रहेको चाइनापुलबाट खसेका युवकको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा उनको आज पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् । अन्दाजी २१ वर्षीय युवकलाई सेतीको खोंचमा घाइते अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई प्रहरीले उद्धार गरेको थियो । हालसम्म युवकको पहिचान खुल्न नसकेको प्रवक्ता हमालले जानकारी दिएका छन् ।
